
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् ।
बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन ।
श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।
वाटमोरले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।
उनले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।
यस्तै, क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ ।
रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त गरेको छ भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ ।

