
पोखरा । देशका केही स्थानमा शुक्रबार (आज) आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
अहिले बिहान नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु–कुहिरो र बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागिरहेको छ।
दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् ।
यस्तै, राति प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
