
पोखरा । पोखराका ५५ सहित गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ५५ जना, तनहुँका ६ जना, पर्वतका ५ जना, स्याङ्जाका ३ जना र म्याग्दीका एक जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ३९ वर्षीय पुरुष तथा ५९ र १७ वर्षीया महिला, वडा नं.२ का २४ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.४ का ३२ वर्षीय पुरुष, वडा नं.५ का ४७ र ५२ वर्षीय पुरुष तथा २० र २३ वर्षीया महिला, वडा नं.६ का ६८ र ३५ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.७ का ३२, ४२ र ६९ वर्षीय पुरुष, वडा नं.८ का ११ वर्षीय बालक सहित ७० वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.१० का ४५, ३६ र २६ वर्षीय पुरुष तथा ६०, २४, ६४ र २८ वर्षीया महिला, वडा नं.११ का ५९ र ४९ वर्षीय पुरुष तथा ४६, ५३ र ५८ वर्षीया महिला, वडा नं.१३ का ४८ र ४७ वर्षीय पुरुष तथा ४६ र १७ वर्षीया महिला, वडा नं.१४ का ४५ र ६५ वर्षीय पुरुष, वडा नं.१५ का ५२ वर्षीय पुरुष तथा १६ र ५८ वर्षीया महिला, वडा नं.१६ का ६० वर्षीय पुरुष, वडा नं.१७ का ४० र ३६ वर्षीय पुरुष तथा २१, १७ र ५१ वर्षीया महिला, वडा नं.२६ का २० र ४० वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.२७ का ७३ र ७४ वर्षीया महिला, वडा नं.३० का २० र ४५ वर्षीया महिला, फेवासिटी अस्पतालमा २३ वर्षीय पुरुष तथा ४६ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै, तनहुँको व्यास वडा नं.१ की ८३ वर्षीया महिला, वडा नं.२ का ४९ वर्षीय पुरुष, वडा नं.५ का १९ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, घिरिङ वडा नं.१ का ८३ वर्षीय पुरुष, वडा नखुलेका ३२ वर्षीय पुरुष, पर्वतको कुश्मा वडा नं. १० का ५५ वर्षीय पुरुष, वडा नं.१४ की ५८ वर्षीया महिला, पैंयू वडा नं.४ का ४१ र ६५ वर्षीय पुरुष, जलजला वडा नं.४ की ७१ वर्षीया महिला, स्याङ्जाको पुतलीबजार वडा नं. १ का ४१ वर्षीय पुरुष, वडा नं.६ का २९ वर्षीय पुरुष, वालिङ वडा नं.१० की ३० वर्षीया महिला एवं म्याग्दीको मंगला वडा नं.२ का ३६ वर्षीय पुरुष, बेनी वडा नं.४ की ५८ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७३६ पुगेको छ ।
