
काठमाडौँ । नेपालमा थप ७८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३०५ महिला र ४७७ पुरुष गरी ७८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यो कुल संक्रमितको ९५.६ प्रतिशत हो ।
हालसम्म देशभर कोरोनाले मृत्यु हुनेको संख्या १७६५ रहेको छ । गत २४ घण्टामा मात्र १६ संक्रमितको मृत्यु भएको हो ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ । क्वारेन्टीनमा ४२७ जना रहेका छन् ।
गत २४ घण्टामा ५७०६ परिक्षण भएको र हालसम्म १८ लाख ६१ हजार ४३० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
