पोखराका ३० सहित गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । पोखराका ३० सहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ४६ जनामा कोरोना देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३० जना, तनहुँका ६ जना, नवलपुरका ५ जना, स्याङ्जा र पर्वतका २/२ जना तथा बाग्लुङका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ८८८ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: