पोखराका ५३ सहित गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ५३ सहित गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार हालसम्म प्रदेशका ७ वटा जिल्लाका १०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ५३ जना, लमजुङका ३९ जना, नवलपुरका ६ जना तथा बाग्लुङ, गोरखा, तनहुँका र पर्वतका २,२ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ८४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: