गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

Share:

गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा रेसुङ्गा–१२ घर भएका अटो चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको गुल्मी अस्पताल र २ जनाको पाल्पामा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: