स्याङ्जामा कोदालो प्रहारबाट १४ वर्षीय बालकको हत्या

Share:

स्याङ्जा। कोदालोले प्रहार गरी स्याङ्जामा एक बालकको हत्या भएको छ ।

शनिबार जिल्लाको हरिनास गाउँपालिका वडा नं–५ आईडाँडाका ३६ वर्षीय रेशम रानाले कोदालो प्रहार गरी स्थानीय १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: