
पोखरा । शनिबार पोखराका ८३ सहित गण्डकी प्रदेशमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका १५२ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ८३ जना, लमजुङका ३९ जना, नवलपुरका ११ जना, तनहुँका ८ जना, पर्वतका ४ जना, बाग्लुङका ३ जना तथा स्याङ्जा र गोरखाका २/२ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ८८८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
