
पोखरा । देशका केही स्थानमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहनेछ ।
हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेकाले केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम सामान्य तया सफा रहेको छ।
आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
