
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ६६ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख १२ हजार ८०२ जनामा संक्रमण भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार ५७१ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा १० हजार ७७१ संक्रमितको मृत्यु भएको छ । यो सहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार १२८ पुगेको छ ।
हालसम्म विश्वभर ५ करोड ३७ लाख ३६ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्र ४ लाख ६६ हजार ७६६ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड ११ लाख ७७ हजार ५२० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५०६ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ७७ हजार ७६८ पुगेको छ ।
त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ भने हालसम्म १ करोड ५ लाख ४५ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
हाल अमेरिकामा ७२ लाख ८ हजार ९२२ सक्रिय संक्रमित छन् । ती मध्ये २७ हजार ९६३ गम्भिर बिरामी छन् ।
