भारतमा थप २६ हजार ८३४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । भारतमा गत २४ घण्टामा थप २६ हजार ८३४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा २९ हजार ७५८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, गत २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ ।

हाल भारतमा ३ लाख ६ हजार ४६५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

अहिले भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: