गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ६ जना, स्याङ्जा, लमजुङ र म्याग्दीका ५/५ जना, पर्वतका ३ जना तथा तनहुँ र नवलपुरका २/२ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २ की ३९ वर्षीया महिला, वडा नं.११ का ३३ वर्षीय पुरुष, वडा नं.१४ का ६८ वर्षीया महिला, वडा नं.३० का ४९ वर्षीय पुरुष, फेवासिटी अस्पतालमा ३६ वर्षीय पुरुष तथा ४२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, स्याङ्जाको वालिङ वडा नं. ८ का ३०–३० वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं. ९ का ५० वर्षीय पुरुष, वडा नं. १३ की ६२ वर्षीया महिला, लमजुङको राईनास वडा नं.६ का १६, १९ र २७ वर्षीय पुरुष तथा ४० र ४२ वर्षीया महिला, म्याग्दीको अन्नपूर्ण वडा नं.६ का ४१ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, बेनीका ३३–३३ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, पर्वतको पैंयू वडा नं. ४ का ४ वर्षीय बालक तथा ३३ वर्षीया महिला, जलजलाकी २७ वर्षीया महिला, तनहुँको व्यास वडा नं.४ की ६४ वर्षीया महिला, आँबुखैरेनीकी ५० वर्षीया महिला एव नवलपुरको देवचुली वडा नं. १० की ३० वर्षीया महिला र वडा नं. ११ का ५० वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९३६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: