कास्कीका ३ र नवलपुरका थप १ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

आइतबार दिउँसो कास्की र नवलपुर गरी २ वटा जिल्लाका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३ जना र नवलपुरका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ की ३० वर्षीया महिला, वडा नं.१० की २७ वर्षीया महिला, वडा नं.१७ की ११ वर्षीया बालिका र नवलपुरको कावासोती वडा नं.८ का ३५ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९४० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: