
पोखरा । देशभर थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ महिला र ३६५ जना पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ४३ हजार ६६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९७ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ११ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३२० जना रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ४२१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६२० नमुना परिक्षण भएको छ भने हालसम्म १८ लाख ७० हजार ८३० परिक्षण भएको छ ।
