आइतबार पोखराका २६ सहित गण्डकीमा थप ५२ जनामा कोरोना पुष्टि, ८७ संक्रमणमुक्त

Share:

पोखरा । आइतबार पोखराका २६ सहित गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ५२ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका २६ जना, स्याङ्जाका ६ जना, लमजुङ र म्याग्दीका ५/५ जना, तनहुँका ४ जना, पर्वत र नवलपुरका ३/३ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९४० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४४ पुगेको छ ।

हाल प्रदेशभर १७०९ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा १२१ परिक्षण भएको छ भने हालसम्म १ लाख १७ हजार १३८ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: