
पोखरा । देशभर थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९४ महिला र ४४८ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ४४ हजार ७४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७९ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा मात्र ७ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ४२१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ नमुना परिक्षण भएको छ भने हालसम्म १८ लाख ७७ हजार १८१ परिक्षण भएको छ ।
