
पोखरा । सोमबार पोखराका ३४ सहित गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ७९ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ३४ जना, नवलपुरका १७ जना, तनहुँका १२ जना, लमजुङका ६ जना, स्याङ्जाका ५ जना, पर्वत ३ जना, बाग्लुङ र म्याग्दीका १/१ जना, रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ९६ पुगेको छ ।
हाल प्रदेशभर १७३६ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ४३८ परिक्षण भएको छ भने हालसम्म १ लाख १७ हजार ५७६ परिक्षण भएको छ ।




