
नवलपरासी पूर्व । नवलपरासी पूर्वमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको बुलिङटार गाउँपालिका–३ स्थित चम्घाह र टन्टार बीच रहेको भिरकुटी खोलामा कच्ची सडकदेखि अन्दाजी १० मिटर तल स्थानिय ४५ वर्षीय गम बहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
