आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका केही भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले बदलीको सम्भावना भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: