
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख ८ हजार ४१० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ५ लाख ३४ हजार २१९ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७७ लाख ६ हजार ७२८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ४५ लाख ७८ हजार ४९७ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ४ लाख ८५ हजार ९२२ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड १४ लाख १९ हजार ८२१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार २४९ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख २६ हजार ७७२ पुगेको छ ।
त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१६ पुगेको छ भने तीमध्ये १ करोड ८ लाख २ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।
हाल अमेरिकामा ७३ लाख ४४ हजार ४४८ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ६९ गम्भिर बिरामी छन् ।
