भारतमा थप २३ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप २३ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ९९ हजार ३०८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९६ लाख ६२ हजार ६९७ जना निको भएका छन् । गत २४ घण्टामा २७ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ४७६ पुगेको छ ।

हाल भारतमा २ लाख ९० हजार १३५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: