प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ आज हुँदै

Share:

काठमाडौँ । प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।

नियमति इजलासमा दर्ता भएका निवेदनको आजबाट सुनुवाइ शुरु हुँदैछ भने संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।

नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहितको मुद्दाको सुनुवाइ आज हुन लागेको हो।

कमेन्ट गर्नुहोस्
Share: