
पोखरा । कास्कीका ७२ सहित गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका १२६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ७२ जना, लमजुङका १६ जना, बाग्लुङका १४ जना, तनहुँका ११ जना, म्याग्दीका ८ जना र मनाङका ५ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमितमध्ये माछापुच्छ्रे गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरपालिका वडा नं. १ का ३४ वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, वडा नं.२ का ३२ र ४९ वर्षीय पुरुष, वडा नं.४ का ४५ वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, वडा नं.५ का २४ र ६० वर्षीय पुरुष, वडा नं.६ का ४०–४० वर्षीय पुरुष तथा ३६ र १८ वर्षीया महिला, वडा नं.८ का ११ वर्षीय बालक सहित ७१, ३१, ५९, ४७, ३६, ३२, ३० र ६५ वर्षीय पुरुष तथा ६१ र २७ वर्षीया महिला, वडा नं.९ का ३६, १६ र ५० वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.१० का १८, ३३ र ७३ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं.११ का २६, ५५ र ४५ वर्षीया महिला तथा २९ वर्षीया महिला, वडा नं.१२ का ७४ वर्षीय पुरुष, वडा नं.१३ का ६ वर्षीया बालिका, वडा नं.१४ का २७ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.१५ का ७, १३ र १५ वर्षीय बालक सहित १९, ३२ र ६२ वर्षीय पुरुष तथा ८२, ४१ र ३७ वर्षीया महिला, वडा नं.१६ की ४५ वर्षीया महिला, वडा नं.१७ का ४२, ५८, २५, ५७ र ६० वर्षीय पुरुष तथा ५४, ३४ र ७२ वर्षीया महिला, वडा नं.१९ की ४० वर्षीया महिला, वडा नं.२५ का ६० र ४९ वर्षीय पुरुष, वडा नं.२६ का २२ र ३० वर्षीया महिला, वडा नं.२७ का ३७ वर्षीय पुरुष तथा २१ र ३१ वर्षीया महिला, वडा नं.३० का ३१ वर्षीय पुरुष, वडा नं.३१ का ३२ वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.३२ का ३९ वर्षीय पुरुष तथा ३४ र ५६ वर्षीया महिला, एवं माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, लमजुङको मध्यनेपाल वडा नं. २ का ३० र ५२ वर्षीय पुरुष, वडा नं.३ का ४५ र ५४ वर्षीय पुरुष, बेशीसहर वडा नं.७ का ३४ वर्षीय पुरुष,राईनास वडा नं.७ की ३० वर्षीया महिला, मस्याङ्दी वडा नं.३ का ५२ वर्षीय पुरुष तथा ५३ र १८ वर्षीया महिला, वडा नं.७ की २३ वर्षीया महिला, वडा नं.८ का २९ वर्षीय पुरुष तथा ४३ र ४० वर्षीया महिला, वडा नं.९ का २९ र ६० वर्षीय पुरुष, वडा नखुलेका ४९ वर्षीय पुरुष, बाग्लुङको काठेखोला वडा नं.७ का ४१ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, बाग्लुङ नगरपालिका वडा नं.१ का २५ र ५० वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.२ का ३३ र ३१ वर्षीया महिला, वडा नं.९ का २३ वर्षीय पुरुष, धौलागिरी अस्पतालमा ५८, २९–२९ र ३० वर्षीय पुरुष तथा २७ र ४८ वर्षीया महिला, तनहुँको भिमाद वडा नं.५ की ६० वर्षीया महिला, वडा नं.६ का ५७ वर्षीय पुरुष, वडा नं.८ का ७१ वर्षीय पुरुष, व्यास वडा नं.१ का ६० वर्षीय पुरुष तथा २० र २६ वर्षीया महिला, वडा नं.२ का ३१ वर्षीय पुरुष, वडा नं.४ का २३ वर्षीय पुरुष, वडा नं.१० की ४० वर्षीया महिला, वडा नं.१२ का २७ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.१० का ७१ वर्षीय पुरुष, म्याग्दीको मंगला वडा नं.५ का ५५ वर्षीय पुरुष, वडा नं.७ का ४८, ३०, २७ र ४३ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.९ का २६ वर्षीय पुरुष, अन्नपूर्ण वडा नं.३ की ४२ वर्षीया महिला, मनाङको नाशोङ वडा नं.३ का २३, ३४ र ३६ वर्षीया महिला, वडा नं.८ का ५४ वर्षीय पुरुष तथा २६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १८५ पुगेको छ ।
