
काठमाडौँ । नेपालमा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ४६ हजार ६६१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९५२ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ४०९ रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५५९ परिक्षण भएको छ भने १८ लाख ९० हजार ७४० परिक्षण भएको छ ।
