भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघ्यो

Share:

पोखरा । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९६ लाख ९२ हजार ६१ जना निको भएका छन् । गत २४ घण्टामा २९ हजार ३६४ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३०२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ ।

हाल भारतमा २ लाख ८४ हजार ७०५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: