कोरोनाः विश्वभर संक्रमितको संख्या ७ करोड ९० लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ९० लाख नाघेको छ ।

गत २४ घण्टामा थप ६ लाख ८३ हजार २०४ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख ३६ हजार ५५० पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, गत २४ घण्टामा १३ हजार ४२८ संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख ३६ हजार ६६४ पुगेको छ ।

हालसम्म विश्वभर ५ करोड ५६ लाख ३३ हजार १६५ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ५ लाख १५ हजार ३८३ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड १६ लाख ६६ हजार ७२१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५६५ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार १५२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ११ लाख १ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार २१८ पुगेको छ ।

हाल अमेरिकामा ७४ लाख ८१ हजार ६८ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ७२८ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: