
पाँचथर । पाँचथरमा युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा स्थानिय ३१ वर्षीय धनबहादुर उभरकोटीले गए राति करिब १ बजे बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकका दुई छोरा छन् ।
कमेन्ट गर्नुहोस्
