पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचाररत तनहुँ र स्याङ्जाका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बुधबार बेलुका ५ः२० बजे मृत्यु भएको हो । ती पुरुषमा बुधबार नै कोरोना पुष्टि भएको थियो ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया महिलाको पनि पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बुधबार बेलुका ८ः२० बजे मृत्यु भएको छ । ती महिलामा यही पुस ५ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: