
पोखरा । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १०० रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
