
पोखरा । पोखराका २९ सहित गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका २९ जना, तनहुँका ६ जना, लमजुङका ४ जना र स्याङ्जाका २ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरपालिका वडा नं. १ का ४७ वर्षीय पुरुष, वडा नं. ३ का ४१, ४४ र ७८ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, वडा नं. ७ का ५५ र ४५ वर्षीय पुरुष, वडा नं. ८ का ३० वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं. ११ का ४८ र २२ वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं. १४ का ५० वर्षीय पुरुष तथा २८ र ६६ वर्षीया महिला, वडा नं. १५ का ५० वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, वडा नं. १७ का १९ वर्षीय पुरुष तथा २२ र ४५ वर्षीया महिला, वडा नं.१९ का २७ वर्षीय पुरुष, वडा नं.२५ का १८ वर्षीय पुरुष, वडा नं.२६ का ३३ वर्षीय पुरुष तथा १७, ३३ र ५५ वर्षीया महिला, वडा नं.२९ का ४३ र ८५ वर्षीय पुरुष तथा १३ वर्षीया बालिकामा कोरोना संक्रमण भएको छ ।
यस्तै, तनहुँको बन्दीपुर वडा नं. १ का ३३ वर्षीय पुरुष, वडा नं.२ का ९ वर्षीय बालक, शुक्लागण्डकी वडा नं.२ की २८ वर्षीया महिला, वडा नं.६ का ४३ वर्षीया महिला, व्यास वडा नं. ३ का ३० वर्षीय पुरुष, वडा नं. १४ का ३० वर्षीय पुरुष, लमजुङको मध्यनेपाल वडा नं.६ का ५२ वर्षीय पुरुष, बेशीसहर वडा नं.३ का ३६ वर्षीय पुरुष, वडा नं. ७ का ३२ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, स्याङ्जाको भिरकोट वडा नं.१ का ६९ वर्षीय पुरुष, पालिका नखुलेका २७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २२६ पुगेको छ ।
