नेपालमा थप ६१३ जनामा कोरोना पुष्टि, ७३९ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ६१३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २ लाख ४७ हजार ४०० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ७३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।

गत २४ घण्टामा ५५१० परिक्षण भएको छ भने हालसम्म १८ लाख ९६ हजार २५० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: