
पोखरा । पोखराका ८ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ८ जना, नवलपुरका ४ जना, तनहुँका २ जना, लमजुङ र स्याङ्जाका एकएक जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का ५० वर्षीय पुरुष, वडा नं.१० का ५७ र ६८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.२९ की ३० वर्षीया महिला, वडा नं.३० का ४० वर्षीय पुरुष, वडा नं.३१ की २८ वर्षीया महिला, वडा नं.३३ की ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै, नवलपुरको कावासोती वडा नं.१ का ७८ वर्षीय पुरुष, देवचुली वडा नं.५ की ३६ वर्षीया महिला, गैंडाकोट वडा नं.१४ का २९ र ३९ वर्षीय पुरुष, तनहुँको म्याग्दे वडा नं. ४ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ४ की ३८ वर्षीया महिला, लमजुङको बेशीसहर वडा नं. ७ का ३२ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार वडा नं.१० की ६७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २४२ पुगेको छ ।
