कोरोनाः बिहीबार गण्डकीमा थप ५७ जनामा संक्रमण, ३ को मृत्यु, ५२ संक्रमणमुक्त

Share:

पोखरा । बिहीबार पोखराका ३७ सहित गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३७ जना, तनहुँका ८ जना, लमजुङका ५ जना, नवलपुरका ४ जना र स्याङ्जाका ३ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २४२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा पोखरामा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचाररत तनहुँका दुई र स्याङ्जाका एक जना संक्रमितको मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बुधबार बेलुका ५ः२० बजे मृत्यु भएको हो । ती पुरुषमा बुधबार नै कोरोना पुष्टि भएको थियो ।

तनहुँकै शुक्लागण्डकी नगरपालिका–५ का ७१ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बिहीबार दिउँसो १ बजे मृत्यु भएको हो । ती पुरुषमा पुस ४ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया महिलाको पनि पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा बुधबार बेलुका ८ः२० बजे मृत्यु भएको छ । ती महिलामा यही पुस ५ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार २५६ पुगेको छ ।

हाल प्रदेशमा १७९५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशभरका प्रयोगशालामा गत २४ घण्टामा ३२६ परिक्षण भएको छ भने १ लाख १८ हजार ७३५ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: