
पोखरा । देशका थोरै स्थानमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई पहाडका केहि भू–भागमा हुस्सुरकुहिरो लागेको छ ।
शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कमेन्ट गर्नुहोस्
