
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ९७ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६ लाख ६५ हजार १८९ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ९७ लाख १४ हजार ३१७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ७१८ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ४८ हजार ४५१ पुगेको छ ।
हालसम्म विश्वभर ५ करोड ६१ लाख १५ हजार ८६५ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ४ लाख ७९ हजार ९०७ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड १८ लाख ५० हजार १ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार २३० गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ९१ लाख ११ हजार ३२६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १२ लाख १९ हजार १२३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ३७ हजार ६६ पुगेको छ ।
हाल अमेरिकामा ७५ लाख ५५ हजार १३७ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ७७५ गम्भिर बिरामी छन् ।
