
पोखरा । देशका अधिकांश स्थानमा शनिबार आँशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । बाँकी क्षेत्रकोे मौसम सामान्यतया सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ।
कमेन्ट गर्नुहोस्
