कोरोना भाइरसः विश्वभर संक्रमितको संख्या ८ करोड नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ८ करोड नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ४ लाख ७२ हजार ४४३ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १ लाख ९४ हजार ८४१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ६४ लाख ६० हजार २३० जना निको भएका छन् । गत २४ घण्टामा मात्र ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ ।

हाल विश्वभर २ करोड १९ लाख ७७ हजार ६६४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ७९९ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या १ करोड ९२ लाख १० हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १२ लाख ५७ हजार ७११ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ३८ हजार २६३ पुगेको छ ।

हाल अमेरिकामा ७६ लाख १४ हजार १९२ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ६५२ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: