पोखराको अर्घौचोकमा स्कुटर दुर्घटना हुँदा २ घाइते

Share:

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसो पोखरा–२६ अर्घौचोकमा ग १० प ७२३ नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक पोखरा–१२ निवासी ४७ वर्षीया बुद्धिमाया विक र स्कुटलमा सवार पोखरा–१० निवासी ४७ वर्षीया सोनु मानन्धर घाइते भएका हुन् ।

घाइते दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: