
पोखरा । देशका धेरै स्थानमा आइतबार आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले बिहान लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ।
यस्तै, राति प्रदेश १, बाग्मती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
कमेन्ट गर्नुहोस्
