
पोखरा । विश्वभर ८ करोड ७ लाख बढीमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ४ लाख ५१ हजार १२४ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ७ लाख ९ हजार ८८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार १०८ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार ३४९ पुगेको छ ।
हालसम्म विश्वभर ५ करोड ६८ लाख ९८ हजार ५०३ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ४ लाख २६ हजार १५ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड २० लाख ४६ हजार २३६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ६१७ गम्भिर बिरामी छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८४७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १४ लाख १० हजार ५०१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९२१ पुगेको छ ।
हाल अमेरिकामा ७६ लाख ८३ हजार ४२५ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ५७७ गम्भिर बिरामी छन् ।
