भारतमा थप २८० कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । भारतमा पछिल्लो २४ घण्टामा थप २८० कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ६५९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप १८ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ ।

हालसम्म भारतमा ९७ लाख ६० हजार ४८४ जना निको भएका छन् । गत २४ घण्टामा २१ हजार ४६६ जना संक्रमणमुक्त भएका हुन् ।

हाल भारतमा २ लाख ७९ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: