नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि, ७३१ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जना पुरुष र १७९ जना महिला गरी ४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।

हाल देशभर ६४९३ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा ३६९ जना रहेका छन् ।

देशभरको प्रयोगशालामा गत २४ घण्टामा मात्र ३ हजार ८२८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ९ हजार ६५४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: