
पोखरा । कास्कीका ८३ सहित गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका १२२ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ८३ जना रहेका छन् । ती मध्ये मादी गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, स्याङ्जाका ११ जना, गोरखाका १० जना, बाग्लुङ र तनहुँका ५/५ जना, म्याग्दीका ४ जना, पर्वत र लमजुङका २/२ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभरबाट २८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ३४२ पुगेको छ ।
हाल प्रदेशमा १ हजार ८४४ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा प्रदेशभरको प्रयोगशालामा ५०५ नमुना परिक्षण गरिएको छ भने हालसम्म १ लाख १९ हजार ५४४ परिक्षण भएको छ ।
