प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Share:

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावका प्रस्तावक प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक प्रदेशसभा सदस्य लक्षमण तिवारी छन् ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: