
पोखरा । सोमबार कास्कीका ३१ सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती मध्ये मादी गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँका ४ जना, बाग्लुङ, म्याग्दी र स्याङ्जाका २/२ जना तथा लमजुङ, पर्वत र नवलपुरका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४२१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा मात्रै प्रदेशभरबाट ८१६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार १५८ पुगेको छ ।
हाल प्रदेशभर १ हजार ७२ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभरका प्रयोगशालामा २०२ परिक्षण भएको छ भने १ लाख १९ हजार ७४६ परिक्षण भएको छ ।
