बेलायतबाट फर्किएका पाँच जनामा कोरोना पुष्टि

Share:

काठमाडौँ । बेलायतबाट नेपाल फर्किएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार बेलायतबाट फर्किएर क्वारेन्टिनमा बसेकामध्ये केहीमा लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गराएका १२ जनामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर उनीहरुलाई नयाँ प्रजातीको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको बताइएको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेन्टिन बस्न सरकारले आग्रह गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: