आज देशभर कस्तो रहन्छ मौसम?

Share:

पोखरा । देशका थोरै स्थानमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा भने हुसु र कुहिरो लागेको छ ।

मंगलबार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका केही स्थानमा विहानीपख लागेको हुस्सुरकुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

राति प्रदेश नं १ को पहाडी भु–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: