विश्वभर कोरोना संक्रमणबाट १७ लाख ८० हजार बढीको मृत्यु

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ८० हजार नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १०५ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख ८० हजार ९६५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ लाख ८७ हजार २७३ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १६ लाख ६१ हजार ६८४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ७७ लाख ८४ हजार १४० जना निको भएका छन् । गत २४ घण्टामा मात्र ५ लाख ५७२ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड २० लाख ९६ हजार ५७९ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ७५५ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार १८२ पुगेको छ ।

हाल अमेरिकामा ७७ लाख ४१ हजार ७१५ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ९१२ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: