
पोखरा । छिमेकी देश भारतमा थप १६ हजार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २५० कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजार १९० पुगेको छ ।
हालसम्म भारतमा ९८ लाख ६ हजार ७६७ जना निको भएका छन् । गत २४ घण्टामा २४ हजार ८२२ जना संक्रमणमुक्त भएका हुन् ।
हाल भारतमा २ लाख ६९ हजार ८४० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
